चीनमा शून्य संक्रमित, चीनभन्दा इटालीमा धेरैको मृत्यु

चीनमा लगातार दोस्रो दिन पनि कोरोना भाइरस संक्रमित ‘शून्य’ भए। तर, इटालीमा भने संक्रमित हुने र मृत्यु हुने संख्या प्रत्येक क्षणजसो बढिरहेको छ।

कोरोना भाइरस(कोभिड–१९)को उद्गमस्थल मानिने चीनमा भाइरसको संक्रमण फैलिएको पछिल्ला दुई महिनाभरि ३ हजार २ सय ४९ जनाको ज्यान गएको रेकर्ड छ।

तर, पछिल्ला दुई साताभित्रै इटालीमा भने २ हजार ४ सय ५ जना मानिसको मृत्यु भइसकेको छ। भाइरस फैलिइरहेका देशमध्य अब इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। यो संख्या भाइरसको

उद्गमस्थल चीनभन्दा पनि बढी हो। बितेको २४ घण्टामै इटालीमा ४ सय २७ जनाको ज्यान गएको छ। इटालीमा मात्रै करिब ४२ हजार मानिस संक्रमित भइसकेका छन्।

गत मार्च १२मा इटलीले पूरै देश लकडान गरेको थियो। पूरै इटालीका मानिसलाई घरभित्रै बस्न भनिएको छ।

यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यले आफ्ना ४० लाख मानिसलाई घरभित्रै बस्न भनेको छ।

विश्वभरि २ लाख ३१ हजार भन्दा धेरै मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् भने ९ हजार ८ १७ जनाको मृत्यु भइसकेको छ।

एजेन्सीहरुकाे सहयाेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय