काेराेना कहर: नेपाल एयरलाइन्सको जापान र युएईको उडान स्थगित

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत ६ गते १९:३२

नेपाल वायुसेवा निगमले जापानको नारिता र युएईको दुबईमा गर्दै आएको नियमित उडान चैत्र ७ गतेको मध्यरात देखि स्थगित गरेको छ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै फिर्ता हुने पनि निगमले जनाएको छ।

यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय