आम नागरिकलाई मेडिकल काउन्सिलकाे सुझाव, ‘अतिआवश्यक बाहेक अस्पताल नजानू’

नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान अनुरोध गरेको छ। काउन्सिलले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई ८ बुँदे निर्देशन दिएको छ भने सबै नागरिकलाई अत्यावश्यक अवस्था बाहेक अस्पताल नजान आग्रह गरेको छ।

विश्वमा कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि काउन्सिलले स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको हो।

सर्वसाधारणका लागि काउन्सिलका ४ बुँदे सुझाव

–अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेकका स्थितिमा सकेसम्म अस्पताल नजाने। सामान्य रुघाखोकीमा घरमै बसी उपचार गर्ने।

– केही समय पछाडि सम्पन्न गरे पनि हुने शल्यक्रिया तथा यस्तै प्रकृतिका सेवाहरु स्थिति साम्य भएपछि गर्ने।

– भिडभाड नगर्ने÷नगराउने । खोकी लागेका, ज्वरो आएका व्यक्तिको नजिक नजाने।

– नछोएपनि हुने वस्तु नछुने । अवान्छित र अपरिचित सामान वा व्यक्ति छोएपछि हात धुने ।

स्वास्थ्यकर्मीलाई ८ बुँदे निर्देशन

– एकसय शय्याभन्दा माथिका अस्पतालहरुले व्यक्तिगत सुरक्षा उपचारकण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) सहित अलग्गै ज्वरो क्लिनिक (फिवर क्लिनिक) सञ्चालन गर्ने।

– अत्यावश्यक नभएका (इलेक्टिभ) शल्यक्रिया तथा उपचार विधिहरू क्रमिक रुपमा कम गर्दै उपचारका श्रोतलाई प्रकोपका लागि सुरक्षित गर्दै जाने ।

– स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउने ।

– अस्पताल तथा उपचार केन्द्रमा अनावश्यक भिड कम गर्न आवश्यक व्यवस्था मिलाउने।

– हालका लागि जनरल हेल्थ चेकअप क्लिनिकहरू सञ्चालन नगर्ने।

—अत्यावश्यक बाहेकका दन्त चिकित्सा सेवा सञ्चालन नगर्ने तथा गर्नैपर्ने भएमा व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेण्ट) सहित मात्र गर्ने ।

— सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा वैज्ञानिक तथा प्रमाणित भएका सूचना मात्र सम्प्रेषण गर्ने।

— अत्यावश्यक सेवाका लागि मात्र अस्पताल आउन सर्वसाधारणलाई अनुरोध गर्दै सूचना जारी गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय