काेराेना कहर: सरकारले उपत्यकाका ५ स्थानमा सुपथ मूल्यको पसल खोल्ने

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत ६ गते १८:११

सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्ने भएको छ । सरकारको निर्णयबारे जानकारी दिन सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारबाट नै उत्पत्यका ५ वटा ठाउँमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याउने बताएका हुन्।

भट्टले हालको अवस्थामा चार देखि छ महिनाका लागि खाद्यन्नको स्टक रहेको बताए । ‘४ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको छ । बजारमा ८ महिना पुग्ने औषधि उनले भने,‘त्यसैले आत्तिइहाल्नुपर्ने अवस्था छैन।’

यसैगरी उद्योगलाई आवश्यक कच्चा पदार्थ ४ देखि ६ महिनालाई पुग्ने मौज्दात भएको पनि उनले बताए । साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने नुन र ३ महिना पुग्ने चिनी रहेको भट्टको दावी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय