सरकारले भन्यो – जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित साथ रहनुस्

सरकारले प्रतिबन्ध लगाएका देशबाट जोकोही नागरीक नेपाल आउन नपाउने बताएको छ। सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको सरकारले तोकेसमय सम्म आउन बन्द गरेको बताएका हुन् ।

कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ। यो प्रतिबन्ध भोलि ‌(शुक्रबार) मध्यरातबाट लागू हुनेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार यतिबेला संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहीर निस्कन मिल्दैन बिडारीले भने, ‘जहाँ भए पनि त्यहिँ सुरक्षित साथ बस्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय