नाडाका अध्यक्ष दुलाल भन्छन् ‘कम्तीमा एक हप्ता व्यवसाय बन्द गरौं’ (भिडियाेसहित)

अंगदबहादुर सिंह/काठमाडाैं
प्रकाशित
२०७६ चैत ६ गते १९:२४

नेपाल अटो मोबाइल्स एशोशिएशन(नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले भाइरसको महामारी नियन्त्रणका लागि कम्तीमा एक हप्ताजति पूरै व्यवसाय बन्द गर्नुपर्ने बताएका छन्।

कोरोना भाइरसको महामारी त्रासमा अहिले हरेक व्यावासायिक क्षेत्र धरासायी हुन थालेको भन्दै उनले पहिलो कुरा ‘स्वास्थ्य’ भएको बताए।

‘भाइरस संक्रमणको त्रासबाट अटो मोबाइल्स क्षेत्रले ठूलो घाटा व्यहोरिइरहेको छ। तैपनि यसको संक्रमण रोकथामका लागि हामी तयार छौं’, अध्यक्ष दुलालले भने, ‘कोरोना भाइरसको संक्रमणले भयाबह अवस्था सिर्जना भएको छ, यसको रोकथामका लागि सरकारले कम्तीमा एक साताजति बजार बन्द गर्ने निर्णय गर्नुपर्छ।’

विगत तीन–चार वर्षदेखि घट्दै गएको अटो मोबाइल्सको कारोबारलाई कोरोना भाइरसको संक्रमणले झनै शिथिल बनाएको उनले बताए।

कोरोना भाइरस संक्रमणबाट बच्न सबै निकायहरुले आ–आफ्ना क्षेत्रबाट लाग्नुपर्ने उनको भनाई थियो।

तस्विर र भिडियाे : साैरभ रानाभाट/हेल्थपाेस्ट नेपाल

उनका अनुसार देशको देशको आर्थतन्त्रमा अटो मोबाइल्स क्षेत्रको करिब २० प्रतिशत योगदान छ। अहिले १० हजारभन्दा बढी यो व्यवसायमा आवद्ध छन् भने करिब २० लाख मानिसलाई अटो मोबाइल्स क्षेत्रले रोजगारी दिइरहेको छ।

‘देशको आर्थिक समृद्धिमा अटोमोबाईल्सले महत्वपूर्ण भुमिका खेलेको छ’ उनले भने ‘भाइरस संक्रमणको असर प्रभावले नाडाको बजार घाटामा गएपनि सर्वसाधारणको स्वास्थ्यका लागि केही समयभए पनि हामी व्यवसाय बन्द गर्न तयार छौं।’

कोरोना भाइरसको संक्रमण भित्रिएपछि काम गर्नुभन्दा पहिले नै रोकथामका लागि सबैले लाग्नुपर्ने उनले बताए।

नाडाले आफ्ना सम्पूर्ण कार्यक्रमहरु पनि स्थगित गर्नुका साथै घरमै बस्न आग्रह गरी सरकारलाई सकेजति सघाउने बताएको छ।

‘सरकारले डर त्रास देखाउनु भन्दा सचेतनाका कुरामा जोड नदिने हो भने झनै भयावह अवस्था नआउला भन्न सकिँदैन भाइरसको संक्रमण रोकथामका लागि सबै मिलेर काम गरौं’ उनले भने।

उनले एक हप्तासम्म बजार बन्द गरी आम सर्वसाधारण सबैलाई घरभित्रै बस्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध पनि गरेको छ।

‘रोग लागेर उपचार गर्नुभन्दा लाग्न नदिनु नै वेस, संक्रमण भित्रिएपछि भयावह अवस्था सिर्जना हुन्छ’ दुलालले भने, ‘सरकारका साथै सबै निकायले भाइरस संक्रमणको नियन्त्रणमा ध्यान दिनुपर्छ।’

पहिलदेखि नै घट्दै जान थालेको अटो मोबाइल्सको बजार अहिले विश्वव्यापी कोरोना त्रासले झनै ओर्लिन थालेको बताए। ‘त्यसैले व्यवसायीहरुलाई केही रातका प्याकेज पनि ल्याउनुपर्छ’ उनले भने
‘पूर्णकर्जा, भ्याट र ब्याजदरको सिमालाई चैत्र मसान्तबाट असार मसान्तसम्म सार्न सरकारसँग आग्रह गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय