काेराेना कहर : नेपाल एयरलाइन्सको मलेसिया उडान बन्द

नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई प्रवेश निषेध गरेपछि मार्च १७ देखि नै उडान बन्द गरिएको एयरलाइन्सले जनाएको छ।

२०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै फिर्ता दिइने एयरलाइन्सले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय