भारतसँग जोडिएका दक्षिणी नाका कडाई गर्ने सरकारको निर्णय

सरकारले नेपालको दक्षिणी नाकाहरूबाट हुने आवतजावतमा कडाइ गर्ने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बिहीबार बसेको बैठकले कोरोनाका कारण भारतसँग सीमा जोडिएका नाकाहरू बढी जोखिममा रहेको निष्कर्ष निकालेको हो।

दक्षिणी मुलुक भारतलगायत देशबाट कामदार फर्किने क्रम उच्च रहेकाले त्यसलाई कडाइ गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

‘कर्णाली, सुदूरपश्चिम प्रदेश र तराईमा भारतबाट मानिसहरू आउने क्रम बढेको निष्कर्ष बैठकले गरेको छ,’ उनले भने, ‘भारतसँग सीमा जोडिएका नाकामा कोरोनाको जोखिम रहेकाले कडाइ गर्ने निर्णय भएको छ।’

सीमामा कडाइ गर्ने, परीक्षण बढाउने र वैकल्पिक व्यवस्था गर्नेबारे छलफल भएको उनले बताए।  बैठकमा गृहमन्त्री थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय