कोरोना कहर : चैत ३० सम्म मनकामना केबलकार बन्द हुने
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै मनकामना केबलकार पनि बन्द हुने भएको छ।
कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले एक सूचना निकाल्दै चैत ८ गतेदेखि ३० गतेसम्मका लागि केबलकार बन्द गर्ने जानकारी दिएका छन्।
‘कम्पनीले सामाजिक उत्तरदायित्व महसुस गर्दै धेरै पहिलादेखि नै कोरोना भाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै केबुलकार सञ्चाल गर्दै आएका थियौं’ सूचनामा भनिएको छ, ‘हालको परिप्रेक्षमा संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले केबुलकार सेवा आउँदो ८ चैत २०७६ देखि ३० चैतसम्मको लागि केबुलकार सेवा स्थगित गरिएको ब्यहोरा जानकारी गराउँदछौं।’