भरतपुर महानगरले बनाएको अस्पताल (फोटोफिचर)

चितवनमा बन्न लागेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको काम तिव्र पारिएको छ । भरतपुर महानगरपालिकाको अगुवाईमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले ७० शैयाको अस्पताल ७२ घण्टाभित्र सञ्चालनमा ल्याउने गरी निर्णय गरेको थियो ।

जसमा १० शैयाको सघन उपचार कक्ष, १० शैयाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) र ५० शैयाको सामान्य शैया रहने गरी काम अगाडी बढाएको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनुदाहालले भोलि विहान सम्म ५० शैयाको अस्पताल सञ्चालन गरि सक्ने बताईन् ।

बाँकी सघन उपचार कक्ष र १० शैयाको हाई डिपेन्डेन्ट युनिट कक्षको काम पनि तिव्ररुपमा अगाडी बढाईएको उनले बताईत । भोलि विहान १० बजे औपचारीक रुपमा कोरोना अस्पताल सञ्चालनमा भएको घोषणा गर्ने उनले बताईन् । यहाँ तीन सय भन्दा बढि शैया बनाउन सक्ने क्षमता रहेकाले आवश्यक परेको खण्डमा बनाउन सकिने बताईन् ।

महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्य कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्ब तयारीका लागि कार्यदल समेत गठन गरेको छ । उनिहरुले अस्पताल सञ्चालकका लागि आ आफ्नो जिम्मेवारी पुरा गरेको उनको भनाई थियो ।

अस्पतालको बहिरंग सेवा डा. अधिकारी र चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. अनिल बिक्रम कार्कीले समन्वय गरि संञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । यसैगरी जनरलवार्ड बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्य, एच डि यू संञ्चालन गर्न कलेज अफ मेडीकल साईन्सेस एबं नीजि अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडीकल कलेजलाई दिईएको छ ।

जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी र आबश्यक पूर्बाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ । बैठकले प्रयोगशाला र रेडियोलोजि बिभाग संञ्चालन गर्न नीजि अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।

भरतपुर बिमानस्थल सहित बिभिन्न स्थानमा बिरामीको स्क्रीनिङ् गर्ने कार्य स्वास्थ्य कार्यालय चितवनले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय