युरोपमा बढ्दै संक्रमण, चीनको हुवेइमा पहिलोपल्ट ‘शून्य संक्रमित’, इटालीमा एकै दिन ४७५ को मृत्यु

कोरोना भाइरसको संक्रमणपछि पहिलोपल्ट चीनको हुवेइ प्रान्तमा संक्रमण शून्य भएको छ।

हुवेइको उहान सहरबाट जनवरी १०बाट संक्रमण सुरु भएको थियो। त्यसपछि जनवरी २०देखि चीनभरि संक्रमितहरु भेटिन थालेका थिए। पहिलोपटक बुधबार हुवेइमा एउटा पनि नयाँ संक्रमित थपिएनन्।

चीनका राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हुवेइबाहेक चीनका अन्य प्रान्तमा ३४ जना नयाँ संक्रमित देखिएका छन्।
तर, इटालीमा भने दिनदिनै मृत्यु हुने र संक्रमण हुनेको संख्या बढिरहेको छ।

बिबिसीका अनुसार इटालीमा एकैदिन करिब ४७५ सय जनाको मृत्यु भएको छ। यो संख्या कोरोना संक्रमण सुरु भएको चीनमा भएको सुरुवाती मृत्युदरभन्दा निकै उच्च हो।

इटलीमा बुधबारमात्रै थप ४७५ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा अहिलेसम्म ३ हजार मानिसको मृत्यु भइसकेको छ। ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

इटालीसहित युरोपका धेरैजसो देशहरु लकडान गरिएको छ। मानिसलाई घरभित्रै क्वारेन्टाइनमा बस्न भनिएको छ। यी देशहरुले संक्रमण रोक्न धेरै प्रयासहरु गरेपनि संक्रमण भने बढेको बढ्यै छ।
विश्वभर करिब २ लाख ७ हजार ५ सयभन्दा बढी मनिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार ८ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय