कारोना कहर : युएईको आगमन भिसा बन्द

हेल्थपोस्ट नेपाल

संयुक्त अरब इमिरेट्स (युएई) ले अर्को सूचना जारी नभएसम्मका लागि आगमन भिसा बन्द गरेको छ।

युएईको ‘फेडेरल अथ्योरिटी फर आइडेन्टिटी एन्ड सिटिजनसिप’ ले कुटनीतिक अधिकारीसहित भिसा माग गर्ने सम्पूर्णको अध्यागमन अनुमति अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको हो।

कोरोना भाइरसको विश्वव्यापी महामारी भित्रिन सक्ने अवस्थालाई दृष्टिगत गरी युएईले विश्वका सबै मुलुकका नागरिकको आवगमन बन्द गराएको हो।

यसैबीच, हिमालय एयरलाइन्सले युएईको संघीय परिचय तथा नागरिकतासम्बन्धी प्राविधिकको निर्णयसँगै आफ्ना सम्पूर्ण उडान बन्द भएको जानकारी विज्ञप्तिमार्फत गराएको छ।

‘युएई जान भिसा आवेदन दिएका सम्पूर्ण यात्रुहरूको भिसा खारेज भएको छ, अब सबै वायुसेवा कम्पनीले ६ महिनाभन्दा बढी युएई बसेका व्यक्तिलाई नेपाल ल्याउन सक्ने छैन,’ विज्ञप्तिमा छ, ‘साथै पासपोर्ट हराएकाहरू पनि फिर्ता हुने छैनन्।’

तर, आपतकालीन अवस्था, स्वास्थ्य आदि कारण भए युएईले घर फिर्तीका लागि मात्रै भिसा दिनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *