एसईई परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विहीबार (भोलि) देखि हुने परीक्षा स्थगित गरिएको हो ।

बिहिबारबाट हुुने परीक्षा स्थिगित गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय