बरामद गरिएको ५ लाख मास्क स्वास्थ्यकर्मीलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सरकारले ५ लाख मास्क दिने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले उक्त निर्णय हो।

प्रहरीले बरामद गर्दै आएको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्यकर्मीलाई दिने भएको छ ।

उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कपडाको मास्क, सर्जिकल मास्क बेच्दै सरकार

बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएको छ । प्रहरीले दैनिक विभिन्न ठाउँबाट कालोबजारीमा रहेका लाखौँ परिमाणमा मास्क बरामद गर्दै आएको छ ।

बजारमा माक्स अभाव भएपछि स्वास्थ्यकर्मी विनामास्क काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय