दार्चुलाकाे मार्मा गाउँपालिकामा कोरोनाविरुद्ध सचेतना, सबै वडामा स्वास्थ्यकर्मी

कोरोना भाइरस संक्रमणको रोकथामका लागि दार्चुलाको मार्मा गाउँपालिकाले सामुदायिक स्तरको जनचेतना कार्यक्रम सुरु गरेको छ।

विश्वभर कोरोना भाइरस संक्रमणको त्रास बढ्दै गएपछि गाउपालिकाले रोकथामका लागि भन्दै प्रत्येक वडामा सामुदायिक स्तरको सचेतना फैलाउने काम गरेको हो।

‘सर्वसाधारणलाई कोरोना भाइरसका बारेमा जानकारी दिन र यसबाट बच्ने उपाय बताउन प्रत्येक वडाका टोलटोलमा टोली परिचालन गरेका छौं, मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिंह धामीले भने,‘जनचेतनाका लागि प्रत्येक वडामा एक अहेब एक अनमि सहित टोली परिचालन गरेका छौं।’

भाइरसको संक्रमण रोकथामका लागि गाउपालिकाले वडा नम्बर ४ तपोवनमा भाइरसको संक्रमण र यसबाट बच्ने उपायका बारेमा जनचेतना कार्यक्रम गरेको छ।

कोरोना भाइरसबारे सर्वसाधारणमा भय त्रास रहेको भएपनि यसबाट बन्चे तरिका तथा उपाय के के हुनसक्छन् भन्ने कुरा सुनाउन र देखाउन गाउपालिकाले जनचेतना फैलाउने काम गरेको धामीले जानकारी लिएको छ।

भाइरसको रोकथामका लागि मास्कको अभाव रहेको गाउँपालिकाले जानकारी दिएको छ।

बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा(एसइइ) मा गाउँपालिकाले हेल्थ डेस्क राख्ने जानकारी दिएको छ। गाउँपालिकामा परीक्षाका लागि दुई केन्द्र तोकिएका छन्।
‘कोरोना भाइरसको संक्रमण रोकथामका लागि गाउँपालिकाले टोलटोलमा गई जनचेतना जगाउने काम गरिरहेको छ,स्वास्थ्य प्रमुख धामीले भने,‘संक्रमण रोकथाम गर्न पहल गरिरहेका छाैं।’

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले नेपाललाई उच्च जोखिम भएको देशको सुचिमा समावेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय