सानो भर्याङबाट १० लाख मास्क बरामद
नेपाल प्रहरीको टोलीले करिब १० लाख मास्क बरामद गरेको छ। बिहीबार दिउँसो काठमाडौंको सानो भर्याङस्थित दीप ओभरसिज ट्रेडर्सबाट १० लाख मूल्य बराबको मास्क प्रहरीले बरामद गरेको हो।
महामनगरीय अपराध महाशाखाकाले परिचालन गरेको टोलीले गोदाममा लुकाएर राखेको लाखौं मूल्यबराबरका मास्क बरामद गरेको जानकारी दिएको छ।
विश्वभर कोरोना भाइरस संक्रमणको त्रास बढिरहेकन बेला नेपाली बजारमा मास्क अभाव देखिन थालेको छ।
मास्क अभाव हुन थालेपछि कालोबजारी गर्ने मौलाएका छन्। मास्कमा कालोबजारी बढेपछि प्रहरीले पछिल्लो समय कालोबजारी विरुद्ध अप्रेसन गर्दै आएको छ।
यसअघि पनि प्रहरीले विभिन्न ठाउँबाट ठूलो मात्रामा मास्क बरामद गरेको थियो।