काेराेना कहर : हिमालय एयरलाइन्सको काठमाडौं–ढाका उडान बन्द

हिमालय एयरलाइन्सले बिहिबारदेखि काठमाडौं–ढाका उडान स्थगित गरेको छ।

एअरलाइनसले बुधबार सुचना जारी गर्दै अर्को सुचना जारी नभएसम्मका लागि काठमाडौं–ढाका उडान बन्द गरेको हो।

कोरोना भाइरस संक्रमण रोेकथाम तथा नियन्त्रण गर्न उडान बन्द गनेृ निर्णय गर्नु परेको भन्दै एअरलाइन्सले यात्रुहरलाई पर्न जाने असुविधाप्रति माफि मागेको छ।
‘कोरोना भाइरस(कोभिड १९)को प्रकोप फैलिन नदिने तथा रोकथाम गर्ने उद्देश्यका रुपमा हाल जारी अस्थायी यात्रामा भएका रोक तथा सिमितताका कारणले ढाका उडान स्थिगित गर्नु परेको हो’विज्ञप्तिमा भनिउको छ।

मार्च १९ अथाृत बिहिबार २०२० देखि डाका उडानका लागि टिकट लिइसकेका यात्रुले अतिरिक्त शुल्कविना यात्राको मिति परिवर्तन गर्न आ–आफ्नो ट्राभल तथा बुकिङ एजेन्टसस्ंग सम्पर्क राख्न एअरलायन्सले अनुरोध गरेको छ।

एक पटकको लागि मात्रै अतिरिक्त शुल्कविना यात्राको मिति परिवर्तन गरिने पनि सुचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय