कोरोना भित्रिए सुरक्षित रूपमा काम गर्न तयार छन् नेपाली चिकित्सक?

एक सय ६५ मुलुकमा फैलिएको कोरोना भाइरस नेपालमा पनि फैलिने उच्च जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन्। नेपालमा कोरोना फैलिएको अवस्थामा सरकारले पर्याप्त रुपमा नियन्त्रणका लागि काम नगरेको चिकित्सकले बताउने गरेका छन्।

सरुवा रोगको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई अन्यको तुलनामा जोखिम बढी नै हुने हुन्छ। सरकारले कोरोनाको जाँचदेखि उपचारमा खटिने चिकित्सक स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ।

तर, पहिला स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउनका लागि सरकारसँग चिकित्सकहरु माग उठाउँदै आएका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले अहिलेको अवस्थामा चिकित्सकले बिरामी हेर्दा ज्यान जोखिममा राखेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

सरकारी तथा निजी अस्पतालमा पनि बिरामी स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्यकर्मीले मास्क पाएका छैनन्,’ डा. कार्कीले भने, ‘ज्यानको जोखिम राखेर बिरामी हेर्नुपर्ने अवस्था छ। सुरक्षित रुपमा काम गरेका छैनन्।’

कोरोनाका संक्रमण नेपालमा भित्रिएको अवस्थामा तत्कालै स्वास्थ्यकर्मी जति चाहिनुपर्ने स्रोतसाधन उपलब्ध नभएको महसुस गरेको कार्कीको भनाइ छ।

‘यसरी चेकजाँच गर्दा बिरामीले तथा स्वास्थ्यकर्मीले अन्य मानिसलाई रोग सर्ने सम्भावना हुन्छ, त्यसलै सजगता अपनाउनुपर्छ।’

अध्यक्ष कार्कीले सरकारले आन्तरिक रुपमा केही योजना बनाएको पनि अहिले स्वास्थ्यकर्मीले सुरिक्षत रुपमा काम गर्ने वातावरण योजना नदेखिएको बताए।

कोरोनाको लक्षण देखिएका बिरामीलाई छुट्टै ठाउँमा व्यवस्थापन गरेर राख्नुपर्ने भए पनि अस्पतालमा ज्वरो आएको र नआएको मानिसहरुको एकैसाथ राखेर चेकजाँच गराइरहेको उनले बताए।

‘यसरी चेकजाँच गर्दा बिरामीले तथा स्वास्थ्यकर्मीले अन्य मानिसलाई रोग सर्ने सम्भावना हुन्छ,’ उनले भने, ‘त्यसलै सजगता अपनाउनुपर्छ।’

सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशतसम्म भत्ता दिनेभन्दा सुरक्षित रुपमा काम गर्ने वातावरण तयार गर्न विश्वास दिलाउनु पर्ने कार्कीले बताए।

सरकारले स्वास्थ्यकर्मीको आत्मबल बढाउने, तालिम दिने व्यवस्था गर्ने, सुरक्षाको जिम्मा लिन सके मात्र चिकित्सकले काम गर्ने वातावरण बन्न सक्छ।

स्वास्थ्यकर्मी र संक्रमितलाई सुरक्षा उपकरण उपलब्ध छ?

कोरोना भाइरस संक्रमण भए–नभएको जाँच गर्नका लागि नमुना संकलन गर्दा पनि स्वास्थ्यकर्मीले पिपिई लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख छ।

संघले पनि सोमबार विज्ञप्ति जारी गर्दै बिरामीको पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएकाले उनीहरुको स्वास्थ्य सुरक्षाका लागि पिपिई लगायत औजार र उपकरण पर्याप्त उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

डब्ल्युएचओले नेपालललाई कोरोनाको उच्च जोखिममा राखेसँगै १५ सय पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) खरिद गर्ने सुझाव दिएको थियो।

मास्क, डिसइन्फेक्सन स्प्रे, हेलमेट, चस्मा, गाउन लगायत १७ थरी पिपिई आवश्यकताअनुसार १५ सय केसलाई आधार मानेर खरिद प्रक्रिया अगाडि बढेको छ, अहिलेको अवस्थामा ८ सय पिपिई स्टकमा छ।’

खरिद प्रक्रियाका लागि गत आइतबार टेन्डर आह्वान गरेको र शुक्रबारसम्म टेन्डरको आवेदन आउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले बताए।

१५ सय केसलाई दृष्टिगत गरेर आवश्यक पर्ने सम्पूर्ण साम्रगी खरिद प्रक्रियामा गएको डोटेलले बताए। मास्क, डिसइन्फेक्सन स्प्रे, हेलमेट, चस्मा, गाउन लगायत १७ थरी पिपिई आवश्यकताअनुसार १५ सय केसलाई आधार मानेर खरिद प्रक्रिया अगाडि बढेको छ,’ डोटेलले भने, ‘अहिलेको अवस्थामा ८ सय पिपिई स्टकमा छ।’

कोरोनाका कारण अहिलेसम्म विश्वमा एक लाख ९८ हजार ५ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सात हजार ९ सय ८८ जनाको ज्यान गएको छ। ८२ हजार सात सय ६२ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय