पाँच दशकमा फैलिएका १० महामारी

कोरोनाभाइरस सङ्क्रमणलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। विश्व स्वास्थ्य संगठनको अनुसार कोराना भाइरसका कारण हालसम्म १ लाख ८२ हजार ७ सय ६४ जनामा संक्रमण भएको पुष्टि भएको छ । ७ हजार १ सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार ७ सयको हाराहारीमा उपचार गराइरहेका छन् । ७९ हजार ८ सय निको घर भएर घर फर्किएका छन् ।
पाँच दशकको बीचमा विश्वमा देखिएका दश ठूला महामारी :

१. मरवर्ग
सन् १९६७ युगान्डाबाट उत्पन्न भएको भनिएको यो मरवर्गले ४ सय ९० जनाको मृत्यु भएको थियो । ५ सय ९० जनामा संक्रमित भएका थिए । मरवर्गको मृत्युदर ८१ प्रतिशत थियो । तर त्यो बेला यो भाइरस जर्मनी तथा युगोस्लाभियामा फैलिएको थियो। युगान्डामा यो भाइरसको संक्रमण फेरि २००७, २००८, २०१२, २०१४र २०१७मा पनि देखिएको थियो।

२. इबोला
सन् १९७६ अफ्रिकी मुलुक कंगोबाट उत्पत्ती भएको इबोला भाइरसको महामारीले ३३ हजार ६ सय ८७ जनामा संक्रमित भएका थिए। इबोलाका कारण १४ हजार ६ सय ९३ जनाको मृत्युभएको थियो। मृत्युदर ४४ प्रतिशत रहेको थियो।

३. निपा भाइरस
सन् १९९९ मलेसियामा देखा परेको निपाका २ सय ६५ जानको मृत्यु भएको थियो । त्यसबेला ४ सय ९६ संक्रमित भएका थिए । निपाको मृत्युदर ५३ प्रतिशत थियो।

४. सार्स
सन् २००२ मा चीनमा देखा परेको सार्सले ७ सय ७४ जनाको ज्यान लिएको थियो । त्यसबेला ८ हजार ९८ जनामा संक्रमित भएका थिए । सार्सको कुल मृत्युदर १० प्रतिशत रहेको थियो।

५. एच फाइप एच वान–वर्ड फ्लू

सन् २००३ मा चीनमा देखा एचफाइप एचवान–ब्लड फ्ल्युका ४ सय ५५ जनाको मृत्यु भएको थियो । ८ सय ६१ जना संकमित भएका थिए । ५३ प्रतिशत मृत्युदर भएको थियो ।

६. मर्स

सन् २०१२ मा साउदी अरबमा फैलिएको मर्सका कारण २ हजार ४ सय ९४ संक्रमित भएका थिए । ८ सय ५८ जनाको मृत्यु भएको थियो । यो बेला मृत्युदर ३५ प्रतिशत थियो।

७.एच सेभेन एन नाइन वर्ड फ्लू

सन् २०१३ मा चीनमा फैलिएको एचसेभेन एननाइनबाट १ हजार ५ सय ६८ जना संक्रमित भएका थिए । यो फ्लूका कारण ६ सय १६ मृत्यु भएको थियो। मृत्युदर ३९ प्रतिशत थियो।

८. एच वान एन वान (स्वाइनफ्लु)

८.सन् २००९ मा अमेरिका र मेक्सिकोबाट फैलिएको एच वान एन वानका कारण १० मिलियनको संक्रमित भएका थिए। एच वान एन वानबाट १ लाख २३ हजार देखि २ लाख ३० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको थियो। यसको कुल मृत्युदर ०.०१ प्रतिशत रहेको थियो ।

९. सिजनल फ्लु

हरेक वर्षजसो फैलिइरहने यो फ्लुका कारण १ करोड भन्दा बढी मानिसको संक्रमित भइसकेका छन् भन् २ लाख ९० हजार देखि ६ लाख ५० हजार मानिसको मृत्यु भएको अनुमान छ। यसको मृत्यु दर अहिले ०.०१ प्रतिशत भएको छ ।

१०. ‘कोभिड–१९(नोबेल कोरोना भाइरस)

सन् २०१९ मा चीनबाट फैलिएको ‘कोभिड–१९’ नोबेल कोरोना भाइरसका कारण विश्वभर विश्वका १ सय ७० भन्दा बढी देशमा फैलिइसकेको छ। हालसम्म १ लाख ८२ हजार ७ सय ६४ जना संक्रमित भइसकेका छन्। ७ हजार ४ सय १५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। अहिलेसम्म यसको मृत्युदर करिब ३.४ प्रतिशतको हाराहारीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय