चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग

भैरहवामा चिकित्सकमाथि भएको आक्रमणप्रति नेपाल चिकित्सक संघले भत्र्सना गरेको छ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरवाहमा बिरामीको उपचारको क्रममा मृत्यु भएपछि त्यहाँका चिकित्सकहरुमा आक्रमण भएको थियो।

संघले मंगलबार विज्ञप्ती निकाल्दै भनेको छ, ‘घटनाको सत्यतथ्य छानबिन गरी कानुनी बाटो अबलम्बन गर्नुको सट्टा अपराधिक क्रियाकलापमा समावेश भई चिकित्सक माथि हातपात गर्ने व्यक्तिलाई प्रकाउ गरी कारबाही गर्न सरकार समक्ष माग राख्दछौं।’

शुक्रबार टाउको दुखेर उपचारको लागि नवलपरासीको बर्दघाट २ की यमकुमारी पुन मेडिकल कलेज पुगेकी थिइन्।

उपचारको क्रममा उनको मृत्यु भएपछि उनका आफन्तले लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय