उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कपडाको मास्क, सर्जिकल मास्क बेच्दै सरकार

उपचारमा संलग्न स्वास्थ्यकर्मीकै लागि नपुगिरहेका बेला सरकारले व्यापारिक गोदामबाट बरामद गरेको मास्क भने बेच्न तयार राखेको छ।

बजारमा सर्जिकल मास्क अभाव भएपछि बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले समेत मास्कको प्रयोग गर्ने पाएका छैनन्।

मास्कको लुकाएर कालो बजारी हुन थालेपछि सरकारले विभिन्न व्यापारिक गोदामहरुमा छापा मारेर दश लाखभन्दा बढी मास्क जफत गरेको छ।

बरामद गरिएको मास्क भने बजार मूल्यअनुसार स्वास्थ्य सेवा लगायत सार्वजनिक संस्थाबाट बिक्रि गरेर राजश्व प्रहरीको धरौटीमा खातामा राखिने भएको छ।

जहिले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उच्च जोखिमबीच काम गर्नुपर्ने हुन्छ । सर्जिकल मास्क बिरामी नभएका आम नागरिकका लागि त्यत्तिधेरै आवश्यक हुँदैन।

चिकित्सकका अनुसार उपचारमा संलग्न डाक्टर, नर्स, कोरोना संक्रमण आशंस्पद बिरामी, क्वारेन्टाइनमा बसेका नागरिक, ज्वरो आएका तथा रुघाखोकी लागेका बिरामी, विमानस्थलमा चेकजाँचका लागि बसेका स्वास्थ्यकर्मीले उक्त सर्जिकल मास्क अनिवार्य प्रयोग गनुपर्ने हुन्छ ।

डाक्टर, नर्सलाई नै छैन मास्क, कपडाको मास्क सिलाउँदै अस्पताल

‘संक्रमितहरुको नजिक जाने व्यक्तिबाहेक अरुलाई यस्तो सर्जिकल मास्क त्यत्तिधेरै आवश्यक छैन’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भन्डारी भन्छन् ‘तर, मानिसहरु अभावको बेला पनि मास्क घरमा थुपारेर राखेका छन्।’

सर्जिकल माक्स अभाव भएका कारण अस्पतालले नै कपडाको मास्क बनाएर स्वास्थ्यकर्मीलाई दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्य कर्मचारीका लागि सर्जिकल मास्क उपलब्ध गराउन पहल भइरहेको बताउँछ।

‘हामीले माथिल्लो निकायमा कुरा गरेका छौं’, उपलब्ध भयो भने केही राहत मिल्छ’, मन्त्रालयका सहप्रवक्ता सागर दाहालले भने, ‘मास्कको प्रयोग सवसाधरणलाई भन्दा स्वास्थ्यकर्मीलाई बढी आवश्यक हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय