खरिपाटीमा सात दिनभित्र १ हजार बेडको अस्पताल बन्ने, बेड खरिद गर्न आजै टेन्डर

सम्भावित कोरोना महामारीको अवस्थामा उपचारको विशेष प्रवन्ध गर्न लागि भक्तपुरको खरिपाटीमा एक हजार बेडको अस्थायी अस्पताल बनाउने भएको छ।

यसअघि चीनबाट फर्किएका विद्यार्थीका लागि क्वारेन्टाइन बनाइएको विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा १ हजार बेडको अस्थायी अस्पताल बनाइने भएको हो।
त्यसका लागि मन्त्रालयले महामारीको अवस्थामा खरिद गर्न सकिने द्रुत प्रक्रियाबाट बेडलगायतका सामग्री खरिद गर्न आजै टेन्डर गर्ने भएको छ ।

महामारी फैलिएको अवस्थामा अन्य जनरल अस्पतालमा उपचार व्यवस्थित गर्न नसके अन्य बिरामीसमेत संक्रमण फैलिने र झन् जटिलता थपिन सक्ने खतरालाई ध्यानमा राखेर छुट्टै अस्पताल बनाउन लागिएको हो। छुट्टै अस्पताल बनाउँदा अरु बिरामीलाई हुने जोखिम कम हुनेसँगै जनशक्ति, औषधिलगायतका अत्यवश्यकीय कुराहरुको व्यवस्थापन र संयोजन गर्न पनि सहज हुन्छ ।

सो तयारीको आधारमा सोमबार बसेको उपप्रधानमन्त्री संयोजकत्वको उच्चस्तरीय बैठकले ‘खरिपार्टी तालिम केन्द्रलगायतका तोकेका विभन्न अस्पताल भवनमा १ हजार बेडको व्यवस्था मिलाउने’ निर्णय गरेको थियो। स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेको अवस्थामा तत्कालै अस्पतालको रुपमा विकास गर्न सकिने उपयुक्त संरचना हेरेर व्यवस्थापन गरिने बताए । ‘आजै बेडका लागि टेन्डर हुँदैछ, ७ दिन जति लाग्छ, बेड आउँदासम्म उपयुक्त ठाउँमा राखेर अस्पताल बन्छ,’ डा. देवकोटाले भने ।

मन्त्रालयका प्रवक्ताले ठाउँका बारेमा यकीन विवरण दिने बेला नभएको बताए । मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री स्तरीय बैठकमा नै अहिले केही बेड रहेको र ठाउँ पनि प्रयाप्त रहेकोले खरिपार्टी नै सहज स्थान हुने निष्कर्षमा पुगेको थियो । खरिपार्टीमा अस्पतालका लागि बेड राख्न मिल्नेमात्रै ६० वटा हल छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मिर्गौला प्रत्यारोपणपछि १० दिनको अस्पताल बसाईबाट डिस्चार्ज भएकै दिन कोरोना उपचारका लागि छुट्टै अस्पताल बनाउँन निर्देशन दिएका थिए । चीन सरकारले महामारी सुरु भएको उहानमा ७ दिनमा हजार बेडको अस्थायी अस्पताल बनाएको विषयले अन्तराष्ट्रिय चर्चा पाएको थियो ।

मन्त्रालय स्रोतका अनुसार सुरुमा बेडसहित उपलब्ध सामग्री राखेर औचित्य र आवश्यकताका आधारमा थप्दै तयारी बढाउँदै लाने सरकारको योजना । विज्ञहरुका सुझाबका आधारमा आइसियु, भेन्टिलेटर नचाहिने अवस्थाका बिरामीलाई खरिपार्टी राखेर सघन उपचारका लागि टेकु अस्पताललाई पूरै खाली गरेर राखिने योजना सरकारको छ ।

मन्त्रालयका प्रवत्ता डा. देवकोटाका अनुसार जनरल बेड, आइसियुसहित उपचारका लागि आवश्यक पर्ने जनशक्तिको पनि प्रयाप्त तयारी गर्ने चरणमा मन्त्रालय छ । विश्व स्वास्थ्य संगठनले उहानसहित, इटली, इरानलगायतका क्षेत्रमा फैलिएको महामारीको आधारमा नेपपालमा फैलिएमा सुरुको महिनामा १ हजार ५ सय जनालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने आंकन गरेको छ । हजार बेडको छुट्टै अस्पताल काठमाडौमा बनाउँने र उपत्यकाबाहिरका बिरामीको सन्दर्भमा प्रदेश तहमै उपचारका उपयुक्तm प्रवन्ध गर्ने सरकारको तयारी छ ।

One thought on “खरिपाटीमा सात दिनभित्र १ हजार बेडको अस्पताल बन्ने, बेड खरिद गर्न आजै टेन्डर

  1. Its a good initiative but along with this all other components of preparedness should be considered like who will command the entire situation that should be know by every body, method of communication and information to all stakeholder and the person who are involved in the treatment, safety and security of all personnel, method of triage triage area and triage tranning, surge capacity, how to make continuity of all essential services, human resources, their training and management, logistics and supply of all essential equipments, post emergency recovery plan. If all these component are involved then only a strong preparedness ciuld be made and more life will be save.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय