ट्रम्पले भने- ‘कोरोना भाइरस अदृश्य र भयानक दुश्मन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई एउटा ‘अदृश्य’ र ‘भयानक’ दुश्मन भनेका छन्।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्रगतिमा फैलिइरहेको छ।

राष्ट्रपटि ट्रम्पले यसको संक्रमणले सारा मानिसमालाई भयभित र सन्त्रास फैलाइरहेको बताए।

‘देशले अदृश्य दुश्मनको सामना गरिरहेको छ, जुन भयानक र संक्रामक छ’, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट भनेका छन्, ‘कोरोना भाइरसको संक्रमण रोकथामका लागि हामी सबैले एकजुट भएर लाग्नुपर्छ र भिडभाडबाट टाढा रहनुपर्छ।’

अमेरिकाले सहरमा १० जनाभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला हुन प्रतिवन्ध लगाएको छ।

भाइरसको रोकथामका लागि भरपुर प्रयास गर्दा पनि नियन्त्रणमा नआएकाले अमेरिकामा घोषणा गरिएको स्वास्थ्य आपतकालको समय लम्बिने संकेत पनि गरेका छन्।

कोरोना भाइरसको संक्रमण गर्मी यामको अन्तिम महिनासम्म रहनसक्ने पनि उनले बताए।

‘भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिकी जनताले अगामी दुई हप्तासम्म १० जनाभन्दा बढीको समूहमा सहभागी हुन बन्द गरी बार, रेष्टुरेन्ट, क्याफे, जिम क्लब, होटेल तथा भिडभाडबाट अलग रहनुपर्छ’ ट्रम्पले भनेका छन्।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरससंग लड्नका लागि सर्वसाधारणलाई घरभित्रै बस्न, यात्रा तथा सपिङलाई समेत केही समयका लागि स्थिगित गर्न आग्रह गरेका छन्।

‘अमेरिकाले कोरोना भाइरसको संक्रमण भन्दा अगाडी पुगेर संक्रमण न्युनिकरण गर्छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भाइरस रोकथामका लागि हामीले सबै दिशानिर्देश गरिसकेका छौं।’
अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ८५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ६ सय जना संक्रमित भएका छन्।

एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय