चितवनका सबै अस्पताललाई आइसोलेसन वार्ड बनाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका अस्पतालहरुलाई अनिवार्य आइसोलेसन वार्डको व्यवस्था गर्न निर्देशन दिएको छ। कोरोना भाइरस उपचारको तयारी स्वरुप प्रशासनले जिल्लाका सबै साना अस्पताललाई पनि अनिवार्य कम्तीमा दुई सैयासम्मको आइसोलेसन वार्डको व्यवस्था गर्न निर्देशन दिएको हो।

‘चितवन कोरोना भाईरसको जोखिम जिल्ला भएकाले हामीले जिल्लामा न्यूनतम ७५ बेडको आइसोलेसन वार्डको व्यवस्था गर्न लागेका छौँ’, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई भने, ‘चितवनका ठूला अस्पतालहरुलाई कम्तीमा २० बेड साना हस्पिटललाई पनि २ देखि ५ बेडको आइसोलेसन वार्ड बनाउन निर्देशन दिएका छौँ।’ जिल्लामा रोगको संक्रमण व्यापक भएको खण्डमा थप आइसोलेसन वार्डको व्यवस्था गर्ने तयारी गरिएको उनले बताए।

कोरानो भाईरसका विरामी फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साईन्सेज लगायतका स्वास्थ्य संस्थाहरुलाई उपचारको तयारी अवस्थामा रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

जिल्लाका अस्पतालहरुमा प्रवेश विन्दु मै हेल्प डेस्कको व्यवस्था गरी शंस्कास्पद विरामीहरुलाई उचित परामर्श प्रदान गर्न समेत आग्रह गरिएको छ । शंकास्पदक विरामीको नमुना परीक्षणकालागि स्वास्थ्य सेवा विभाग अन्तरगत रहेको ल्यावमा परीक्षणमा परीक्षणका लागि पठाउने गरिएको उनले बताए ।

‘जिल्लामा रोगको रोकथाम तथा विरामीको उपचारका लागि विशेषज्ञ सेवा उपलब्ध गराउन स्वास्थ्य सम्वन्धी विज्ञ टोलि समेत बनाईएको छ’ उनले भने, ‘आउन सक्ने रोगलाई रोकथामका लागि संघिय तथा प्रदेश सरकार र स्थानीय तहसंग सहकार्य गरेर अगाडी बढ्छौँ।’ चिकित्सकहरुलाई आपतकालिन अवस्थामा विदा नबस्न समेत भट्टाईले आग्रह गरे।

चितवनमा मास्क तथा सेनिटाइजरको अभाव भएको गुनासो आएकाले चिकित्सकहरुलाई आवश्यक पर्ने मास्कको व्यवस्था गर्न सम्वन्धित निकायलाई पत्र काटेको उनले बताए ।

अहिलेसम्म भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले आइसोलेसन वार्डको व्यस्था गरेका छन्। भरतपुर अस्पतालले १९ बेड सहितको आइसोलेसन वार्डको व्यवस्था गरिसकेको छ भने, दुई मेडिकल कलेजले यस अघि ५ बेड सहितको आइसोलेसन वार्ड बनाउको बताएका थिए ।

जिल्लामा शंकास्पद विरामीको नमुना लिएर भरतपुर अस्पताले परिक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाउने गरेको छ । अहिले सम्म भरतपुर अस्पतालले चार जनाको परीक्षणका लागि टेकु पठाएको छ । त्यसमध्ये तीन वटाको नेगेटिभ आएको छ भने एक जनाको रिपोट आउन बाँकी रहेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाराज पौडेलले बताए ।

शंस्कास्पद विरामीको उपचारका लागि आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै आईएको छ । आइसोलेसन वार्डमा भेन्टीलेटर सहितका उपचकरणहरु जडान गरिएको छ । एउटा कक्षमा दुई वटा बेड रहेका छन्। पोजेटिभ आईहालेको खण्डमा छुट्टै आईसियू कक्षको व्यवस्था समेत गरिएको उनले बताए। आवश्यक परेमा केन्द्रको निर्देशन अनुसार आईसियू कक्षको समेत थप गरिने उनले बताए । भरतपुर अस्पतालले आपतकालिन उपचार टोलि समेत गठन गरेको छ । अस्पतालका मेसु श्रीराम तिवारीको संयोजकत्वमा १३ सदस्य समिति गठन गरिएको छ ।

भरतपुर अस्पतालले दुईजना स्वास्थ्यकर्मीलाई नियमित आइसोलेसन वार्डमा राख्ने गरेको छ । प्रथम चरणको उपचारका लागि आवश्यक पर्ने सबै सामग्रीहरु रहेको अस्पतालकी निमित्त मेट्रोन शान्ता भण्डारीले बताईन । पर्सन प्रोटेक्टिभ ब्यारियर ६ सेट रहेको उनले बताईन् ।

जिल्लाका नाकामा चेकजाँचमा कडाई

चितवन जिल्लामा यो रोग भित्रन नदिनका लागि भरतपुर विमानस्थल र पर्सा जिल्लाको ठोरी हुँदै माडि जोड्ने नाकामा चेकजाँचको व्यवस्था मिलाईएको उनले बताए । जिल्लामा मेला, महोत्सवको आयोजना गर्न रोक समेत लगाईएको छ । हाटबजार लगायतका स्थानहरुमा खुल्ला रुपमा तयारी खानेकुरा खुल्ला रुपमा नराख्न नबेच्न र त्यस्ता खानेकुरा नखान सवैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

‘कालोबजारी गर्नेलाई कारबाही गरिन्छ’

कोराना भाईरसको कारण देखाउँदै बजारमा कालोबजारी बढेकाले त्यसलाई रोक्नका लागि प्रशासन सक्रिय रुपमा लागेको उनले जिकिर गरे । अहिले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भन्दै ग्यास पेट्रोल जस्ता अत्यावश्यक वस्तुहरुको आयतमा बृद्धि गर्न लागिएको उनले बताए।

‘कालोबजारी र कृत्रिम अभावका कार्य नगर्न नगराउन हामीले अनुरोध गरिसकेका छौँ । जिल्लाका सरोकारवालाहरुको सहभागितामा गरिने औपचारिक र गोप्य रुपमा गरिने अनौपचारिक बजार अनुगमन तिब्र बनाएका छौं’ उनले भने, ‘उद्योग वाणिज्य संघ र उपभोग्य सामान बेच विखन गर्ने विभिन्न व्यापारिक समुहलाई सहज आपुर्ति गर्न निर्देशन दिएका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय