महामारीका बेला स्वास्थ्यकर्मीको ‘स्वास्थ्य सुरक्षा’ ग्यारेन्टी गर्न माग

जोखिम नियन्त्रणका लागि नेपाल चिकित्सक संघका १२ सुझाव

विश्वमा तीव्र गतिमा फैलिरहेको ‘कोभिड १९’ भाइरस नेपालमा फैलन नदिनको लागि नेपाल चिकित्सक संघले सरकारलाई केही सुझाव दिएको छ।

चिकित्सककर्मी तथा पत्रकार अन्तरक्रिया गर्दै संघले स्वास्थ्य संस्थाहरुमा न्युनतम पूर्वाधार, उपकरण र जनशक्तिको आवश्यक व्यवस्था गर्ने देखि बिरामीको सम्पर्कमा रहने स्वास्थ्यकर्मी तथा चिकित्सकको स्वास्थ्य सुरक्षाको लागि सामग्री र संक्रमणबाट जोगिन सक्ने साम्रागी उपलब्ध गराउन माग गरेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण निमार्ण गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप पशिक्षण, बिमा र प्रोत्साहनका व्यवस्था गर्न सरकार समक्ष माग गरेका छन्।

सम्भाव्य जोखिम नियन्त्रणका लागि सरकारले आवश्यक परेको बेला स्वास्थ्य मन्त्रालयले परिचालन गर्नसक्ने गरी निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, विज्ञ जनशक्ति, चिकित्सक तथा स्वास्थ्यकर्मी रोष्टर बनाई तयारी अवस्थामा राख्न आग्रह गरेका छन् ।

सरकारले स्वास्थ्यकर्मीको स्वास्थ्यकर्मी सुरक्षाको प्रत्याभुति गर्नुपर्ने संघका अध्यक्ष डा. लोचन कार्की बताउँछन् । ‘सरकारले सहज रुपमा काम गर्ने वातावरण निमार्ण सके स्वास्थ्यकर्मीको उच्च मनोबलका साथ काम गर्ने सक्दछन्’,डा. कार्कीले भने, ‘जसका लागि सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति गर्नसक्नु पर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय