गोदाममा लुकाइ राखेको साढे ८ लाख थान मास्क बरामद

प्रहरीले चन्द्रागिरि नगरपालिका-१० बाट ठूलो परिमाणमा मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त थानकोटको संयुक्त टोलीले सोमबार बिहान आठ लाख ४९ हजार ६०० थान मास्क बरामद गरेको हो।

प्रहरीका अनुसार रोहन श्रेष्ठको घर भाडामा लिएर स्टोर गरिराखेको मास्क बरामद गरिएको हो। आरडिपी इन्टरनेसनल प्रा.लि.ले कालोबजारी गर्न गोदाममा लुकाएर राखेको मास्क बरामद गरिएको बृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। उनका अनुसार गोदाममा १७७ बोरामा मास्क राखिएको थियो।

उक्त मास्कको बजार मूल्य करिब ८५ लाख रूपैयाँ रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। मास्कसँगै उक्त कम्पनीका सञ्चालक काठमाडौं-२३ का ३४ वर्षीय सुरज गोयल र भारत राजस्थान घर बताउने ३७ वर्षीय सुवास महेश्वरीलाई पक्राउ गरिएको छ।

बालोबजारीका लागि मास्क लुकाइएको थाहा पाएपछि प्रहरी जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिकाका मेयर र वडाध्यक्षसहित उक्त घरमा छापा मार्न पुगेको थियो।

पक्राउ परेका दुबैलाई कालोबजारी तथा सामाजिक हितविपरीतका अपराध कसुरमा अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। नेपाल विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणको जोखिममा परेपछि अहिले बजारमा मास्कको कृत्रिम अभाव सिर्जना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय