कोरोना भाइरसबारे ११ जिज्ञासा जसको जवाफ सबैले खोजिरहेका छन्

हेल्थपोस्ट नेपाल

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभरि पुगिसकेको छ। विश्वका करिब १ सय ४३ देशमा यसको संक्रमण पुगिसकेको छ भने ६ हजार ५ सयभन्दा बढी मानिसको ज्यान लिइसकेको यो भाइरसबारे प्रायः आइरहने ११ जिज्ञासा र त्यसबारेको प्रष्टता

१. कोरोना भाइरसको संक्रमण कसरी हुन्छ अनि यसका लक्षण देखिन कति समय लाग्छ?

-वैज्ञानिकहरुका अनुसार भाइरसको संक्रमणपछि यसका लक्षणहरु देखिन न्युनतम पाँच दिनसम्म समय लाग्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण १४ दिनदेखि २४ दिनसम्म रहन सक्छ।

२.संक्रमित ठीक भएपछि फेरि भाइरसको संक्रमण हुन्छ?

-एक पटक कोरोना भाइरसको संक्रमण ठीक भएपछि दोस्रो पटक संक्रमण हुन सक्ने सम्भावना रहन्छ। भाइरसको संक्रमणबाट बच्ने एकमात्र उपाय भनेको रोगसँग लड्ने क्षमता(रोग प्रतिरोधात्मक क्षमता)को विकास गर्नु हो। यद्यपि एक पटक भाइरसको संक्रमण भएपछि दोस्रो पटक संक्रमण हुने सम्भावना भने न्यून हुुन्छ।

३.मौसमी फ्लु तथा कोरोना भाइरसमा के फरक छ?

-कोरोना भाइरस तथा मौसमी फ्लू(ज्वरो तथा रुघाखोकी) का लक्षण करिब समान हुन्छन्। प्रयोगशाला परिक्षण बिना कोरोना र मौसमी फ्लुको अन्तर छुट्याउन सकिँदैन्।
कोरोना भाइरसको प्रमुख लक्षण ज्वरो आउनु तथा चिसो लाग्नु हो भने फ्लूका कारण घाटी दुख्नु जस्ता अन्य लक्षणहरु समेत देखिन सक्छन्।

४. आफुलाई एकान्तमा कसरी राख्ने?

-भाइरसको सस्ंक्रमणबाट बच्न एकान्तमा बस्नुपर्छ। भाइरसबाट बच्न सेल्फ आइसोलेसन अर्थात १४ दिनसम्म एकान्तमा(एक्लै) रहनुपर्छ। आइसोलेसनमा बस्नुको अर्थ काममा नजाने, स्कुल तथा सार्वजनिक स्थल तथा भीडभाडमा नजाने,सार्वजनिक यातायातको प्रयोग नगर्ने तथा घर पालुजा जीव जनावरबाट टाढा रहने, साबुन पानीले राम्रोसँग हात धोइरहने हो।

५. अस्वस्थका लागि कोरोना भाइरस कति खतरनाक छ?

-हरेक निरोगी मानिसको तुलनामा रोगी तथा अस्वस्थहरुलाई हरेक रोग र संक्रमण हुने सम्भावना अत्यधिक रहन्छ। वैज्ञानिकका अनुसार स्वस्थ मानिसको तुलनामा अस्वस्थ वा अन्य कुनै रोग भएका मानिसलाई कोरोना भाइरसको संक्रमण छिटो हुन्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेसनमा बस्ने तथा एकान्तमा रहनुपर्छ।

६.के कोरोना भाइरसको संक्रमण फोनबाट पनि सर्छ?

-अहिलेसम्म कोरोना भाइरसको संक्रमण हाँछ्यु तथा खोकीबाट सर्ने मानिएको छ। तर, भाइरसको संक्रमण जहाँबाट जसरी पनि सर्न सक्ने र धेरै दिनसम्म समेत रहन सक्ने विज्ञहरुले बताएका छन्।
त्यसैले हामीले आफ्नो फोनसेट सधैं सफा राख्ने प्रयास गर्नुपर्छ। मोबाइल फोनको प्रयोग गर्दा सुरक्षित तथा स्वस्थ तवरले गर्नुपर्छ। किनकि बाहिरी वतावरणमा पनि यो भाइरस औसत लामो समयसम्म रहनसक्छ।

७. के कोरोना भाइरस ढोकाको चुकुलबाट समेत सर्छ?

-कोरोना भाइरसको संक्रमण जहाँबाट जहिलेसुकै हुनसक्छ। मानौं कुनै व्यक्तिले हाछ्यु गर्दा वा खोक्दा हातले छोपेर ग¥यो र त्यही हातले ढोकाको चुकुल खोल्यो भने त्यहाँ भाइरसको संक्रमण रहन्छ। विज्ञहरुका अनुसार कोरोना भाइरसको संक्रमण जहाँसुकै र जति दिनसम्म पनि रहनसक्छ। त्यसैले राम्ररी साबुन पानीले हात धुनुपर्छ।

८. स्विमीङ पुलमा पौडी खेल्न कति सुरक्षित हुन्छ?

भाइरस तथा जीवाणुको संक्रमण हटाउन अधिकांश स्विमीङ पुलमा क्लोरीनको प्रयोग गरिन्छ। तर, क्लोरीनको प्रयोग नगरेको पुलमा पौडी खेल्दा भाइरसको संक्रमण हुने सम्भावना रहन्छ। त्यसैले क्लोरीन प्रयोग नगरेको पुलमा पौडी खेल्नुहुन्न।

९. मास्कको प्रयोग कति सुरक्षित?

-हामी सधैं देखिरहेका हुन्छाैं डाक्टरले सधै मास्कको प्रयोग गरेका हुन्छन्। तर, मास्कको प्रयोग गर्ने बित्तिकै कोरोना भाइरसको संक्रमण हँुदैन भन्ने भने होइन। कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क नै लगाउनुपर्छ भन्ने छैन्। मास्कको प्रयोगले मात्रै भाइरसको संक्रमण रोक्न सकिँदैन्। बेलायतको स्वास्थ्य विभागले भनेको छ।

बेलायतको सार्वजनिक स्वास्थ्य मन्त्रालयले अस्पतालभन्दा बाहिर प्रयोग गरिएको मास्कले कुनै फाइदा नगर्ने जानकारी दिएको छ। उसले मास्क लगाउनु भन्दा दैनिक साबुन पानीले राम्ररी हात धुन तथा सरसफाइमा ध्यान दिन सिफरिस गरेको छ।

१०. यो भाइरस बच्चाहरुका लागि कति खतरानाक?

-विश्वभरबाट बाहिर आएको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेमा बच्चाहरुको संख्या न्यून छ। तर, मुट तथा फोक्सो सम्बन्धि समस्या भएका बालबालिकामा भने भाइरसको संक्रमण हुनसक्ने सम्भावना रहन्छ। त्यसैले अस्वस्थ बालबालिकाको हेरचाहप्रति बढी सजग हुनुपर्छ।
बालबालिकालाई कोरोना भाइरसको संक्रमणमबाट बचाउन कयौं देशले विद्यालय तथा स्कूलहरु बन्द गरेका छन् भने केही बन्द गर्ने तयारी गरिरहेका छन्।

११. भाइरसबाट संक्रमितले पकाएको खाना खानु कति सुरक्षित?

-कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खाना पकाउँदा सरसफाइमा ध्यान दिएन भने भाइरसको संक्रमण फैलिन्छ। हाँछ्यु गर्दा होस् वा खोक्दा संक्रमितले हातले छोप्दा उसको, हातमा किटाणु रहन सक्छन् जसले गर्दा अरमा समेत भाइरस सर्ने सर्नसक्छ। त्यसैले खाना पकाउनु खानु र छुनु पूर्व साबुन पानीले राम्ररी हात धुनुपर्छ जसले भाइरसको संक्रमण केही हदसम्म कम हुनसक्छ।

बिबिसीबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *