काेराेनाविरुद्ध सार्क राष्ट्रहरुले सम्पूर्ण शक्ति एकीकृत गरौं : प्रधानमन्त्री ओली

हेल्थपोस्ट नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रणका लागि सबै देशहरुले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने बताएका छन्।

कोरोना विरुद्ध साझा रणनीति तय गर्न आइतबार सार्क राष्ट्रप्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले नेपालले आफ्ना अस्पतालहरु र स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको पनि क्षमता बृद्धि र सुरक्षित सामग्रीहरुमा ध्यान दिइरहेको बताए।

 

‘विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि यसरी एकजुट हुनु राम्रो काम हो’, प्रधानमन्त्री ओलीले भने, ‘भाइरस नियन्त्रणका लागि नेपाल सरकारले भरपुर प्रयास गरेको छ। हामीले सुरक्षाका लागि सम्पूर्ण शक्ति परिचालन गरेका छौं।’

‘भाइरसको संक्रमण फैलिन नदिन हामीले भ्रमण वर्ष २०२० स्थगित गरेका छौं। सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिरहेका छांै, हामीले क्वारेन्टाइनको व्यवस्था गर्नुका साथै देशभर स्वास्थ्यकर्मी समेत परिचालन गरेका छौं’ प्रधनमन्त्री ओलीले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *