कोरोना कहर : हिमालय एयरलाइन्सकाे साउदी उडान स्थगित

नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरबको दमाम-काठमाडौं र काठमाडौं-दमाम उडानहरु स्थगित गरेको छ।

सूचना जारी गर्दै एयरलाइन्सले मार्च १५ देखि २८सम्म दमाम-काठमाडौं काठमाडौं-दमाम र मार्च १६देखि दमाम-काठमाडौंको उडान रद्द गरेको हो। कोरोना भाइरसको संक्रमण रोकथामका लागि साउदी अरबले प्रवेशमा रोक लगाएपछि हिमालयले पनि उडान रोकेको हो।

एयरलाइन्सले अतिरिक्त शुल्कबिना अर्को यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय