कोरोना संक्रमितको उपचार खर्च सरकारले बेहोर्छ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोक्नका लागि विदेशबाट फर्किने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गर्दै भाइरस संक्रमण भइहाले त्यसको सबै उपचार खर्च सरकारले बेहोर्ने बताएका छन्।

‘विदेशबाट फर्किएकाहरु अनिवार्य क्वारेन्टाइनमा बसिदिनुस्। हामीले केही नियम बनाएका छांै त्यसको पालना गर्नुस्। ज्वरो नाप्ने यन्त्र पनि दिन्छौं’ राष्ट्रिय सभामा बोल्दै मन्त्री ढकालले भने, ‘उहाँहरुलाई मात्रै होइन, जोकोहीलाई पनि भाइरसको संक्रमण देखि राज्यले उपचारखर्च बेहोर्छ।’

उनले चैत ५ पछि हुन गालेको एसईई परिक्षा परिस्थितिअनुसार रोकिन पनिसक्ने संकेत गरेका छन्। ‘४ गते सम्मको अवस्था के–कस्तो हुन्छ, त्यो हेरौं, संक्रमण तथा जोखिम बढ्दै गयो भने परीक्षा स्थगन पनि हुन सक्छ’ उनले भने।

मन्त्री ढकालले देशभरमा २ सय ३५ बेडहरुसहितको आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु बेड तयारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय