कोरोना कहर : स्पेन र फ्रान्समा पनि आपतकाल घोषणा

कोरोना भाइरसविरुद्ध लड्न स्पेन र फ्रान्सले आपतकाल घोषणा गरेका छन्।

कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएपछि स्पेन र फ्रान्सले पनि भाइरस नियन्त्रणका लागि स्वास्थ्य आपतकाल घोषणा गरेका हुन्।

स्पेनले आफ्ना नागरिकहरूलाई घरबाट ननिस्किन अग्रह गरेको छ। स्पेनले सभा सम्मेलन तथा जमघट हुन प्रतिबन्ध लगाए पनि औषधी लगायतका अत्यावश्यक सामग्रिको सप्लाईमा भने कुनै प्रतिबन्ध नलगाइएको बताइएको छ।

कोरोना भाइरसबाट प्रभावित भएको स्पेन इटाली पछिको दोस्रो युरोपेली मुलुक बनेको छ। स्पेनमा हालसम्म १ सय ८३ जनाले कोरोना भाइरस कारण ज्यान गुमाइसकेका छन् भने ५ हजार ७ सय ५३ जनामा भाइरसको संक्रमण देखिएको छ।

त्यस्तै फ्रान्समा पनि कोरोना भाइरस फैलिसकेको छ। भाइरस नियन्त्रण गर्न स्वास्थ्य आपतकाल घोषणा गरेको फ्रान्सले सर्वसाधारणलाई क्याफे, सिनेमा तथा रेष्टुरेन्टमा नजान तथा भिडभाडमा नजान आग्रह गरेको छ।

कोरोना भाइरसका कारण फ्रान्समा ९१ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ५ सयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय