७८ हजार थान मास्कसहित आठजना पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं-१५ डल्लुमा रहेको महाकाल मिन्टु श्री ट्रेडर्समा शनिबार छापा मारी आठ जनालाई नियन्त्रणमा लिइएको हो।

महानगरीय प्रहरी बृत्त बानेश्वर र स्वयम्भूबाट खटिएको टोलीले मिन्टु तामाङले सञ्चालन गरेको ट्रेडर्समा टापा मारेर ७८ हजार थान मास्कसहित व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-७ का तामाङ, सातदोबाटो बसुने मानकाजी लामा, रामेछाप गोकुलगंगा गाउँपालिका-२ का अनिष कार्की, बाजुरा छेदेदह गाउँपालिका-६ का थुमराज उपाध्याय, बडिमालिका गाउँपालिका-१ का निर्प कार्की, नागार्जुन नगरपालिका-२ का उज्जवल अधिकारी, पाटनका शिव खड्का र रोशी गाउँपालिका-७ का निशान तामाङ रहेका छन्। बढी मूल्यमा बेच्न लुकाइछिपाइ राखेको अवस्थामा मास्कसहित पक्राउ गरिएको परिसरले जनाएको छ। पाँच रूपैयाँ प्रतिगोट्टा पर्ने मास्क ३१ रूपैयाँ मूल्य कायम गरी बिक्री वितरण गर्न लागिएको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकालाई कालोबजारी ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ। नेपाल कोरोना भाइरसको जोखिममा परेपछि मास्कको सहज आपूर्ति व्यवस्था मिलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो। गृहको निर्देशनपछि प्रहरीले कालोबजारी हुनसक्ने आशंकामा मास्कलगायत अन्य खाद्यान्न आपूर्तिबारे बजारमा अनुगमन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय