नेपालमा ‘गाँजा’को अध्ययन सुरु

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत १ गते १२:२३

नेपालमा गाँजा खेतीलाई वैधता प्रदान गर्न संसदमा विधयेक दर्ता भएसँगै त्यसको विशेषताबारेमा अध्ययन सुरु भएको छ।

आयुर्वेद तथा आधुनिक औषधिसँग सम्बन्धित बिषयका प्राध्यापक, बैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुको एउटा टोलीले यो विषयमा अनुसन्धान सुरु गरेका हुन्। यसलाई ‘नेपालमा गाँजाको अध्ययन’ नाम दिइएको छ।

विश्वभरि नै विभिन्न अनुसन्धान कार्य सञ्चालन भइरहेको बेलामा, नेपालमा यस टोलीले भौगोलिक रुपमा गाँजाका बिभिन्न प्रजाति एवं औषधी र रासायिनिक भिन्नताहरुको प्रारम्भिक अध्ययन गर्नेछ।

‘अनुसन्धानका बहुपक्षीय दृष्टीकोणबाट गाँजाका विभिन्न पक्षमा अध्ययन गर्ने योजना बनाएको छौं’, अनुसन्धान टोलीका प्रमुख अनुसन्धानकर्ता बरिष्ठ बैज्ञानिक डा. राजेन्द्र ज्ञवालीले भने, ‘अहिले आयुर्वेद तथा वैकल्पिक शाखासंगको समन्वयमा नेपालमा पाइने गाँजाको विषजन्य अध्ययन गर्न गइरहेका छौं । यो अनुसन्धानलार्इ अझै राम्रो र सबल बनाउन गाँजाका विषयसम्बन्धित विज्ञहरुलाई समावेश गर्ने तयारीमा छौं।’

केही महिनाअघि मात्र गाँजा सम्बन्धि ज्ञान, धारणा, विश्वास एवं अभ्यासको बारेमा सर्वेक्षण गरिएको फोरेंसिक मेडिसिन विज्ञ डा. कस्यप श्रेष्ठले बताए। उनका अनुसार गाँजाले निम्त्याउन सक्ने असुरक्षा, अपराधिक क्रियाकलापको बारेमा सरकारले बलियो नीति बनाउनुपर्छ।

डा. सरोज लामिछानेका अनुसार गाँजाको असरहरु पत्ता लगाउनका विश्वस्तरीय अनुसन्धान नियमावलीअनुसार अनुसन्धान हुनेछ। यो नतिजा बैज्ञानिक हिसावमा नेपाली गाँजामा गरिएको पहिलो खोज हुने उनको दाबी छ।

गाँजाको विषजन्य गुणलार्इ परिवर्तन गरी औषधीय गुणमा प्रयोग गर्ने विधि आयुर्वेदीय उपचार पद्धतिमा उल्लेख छ। यो शास्त्रीय तथ्यलाई सूक्ष्म आणविक अध्ययन विषयसँग समेट्न खोजिएको भारतमा आयुर्वेद अगदतन्त्र (विषविज्ञान) अध्ययन गरिरहेको नेपाली डा. प्रेरक रेग्मीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय