कोरोना कहर : अमेरिकामा ‘राष्ट्रिय संकटकाल’ घोषणा

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘राष्ट्रिय संकटकाल’को घोषणा गरेका छन्।

यो सँगै उनले आपतकालिन राहतकोषका लागि ५० अर्ब अमेरिकी डलर पनि बिनियोजन गरेका छन्।

यो रकमले अमेरिकामा स्वास्थ्य बिमा नभएका मनिसका लागि पनि निशुल्क परिक्षण हुनेछ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ भने १ हजार ७ सय १ जना मानिस संक्रमित भएका छन्।

भाइरसको परिक्षण किटहरुसमेत उपलब्ध गराउन नसकेको भन्दै राष्ट्रपति ट्रम्पको तीब्र आलोचन भएको थियो।

यो संकटकालको घोषणासँगै अमेरिकाका स्वास्थ्यमन्त्री तथा अन्य मन्त्रीहरुलाई यो महामारीविरुद्ध जुट्नका लागि बाटोहरु केही खुकुला हुनेछन्।
‘सबै कुराको जिम्मेवारी म लिनसक्दैन। पछिल्लो समय एकदमै सुस्तगतिमा परिक्षण हुनु त्यो स्थानीय प्रशासनको कमजोरी थियो’ टेलिभिजन सम्बोधनमार्फत संकटकालको घोषणा गर्दै ट्रम्पले भनेका थिए ‘हामीसँग त्यस्ता केही कानुनहरु, परिस्थिति र नीति निर्देशनहरु थिए। अब त्यस्तो हुनेछैन।’

संकटकाल घोषणासँगै ट्रम्प प्रशासनले अस्पतालहरुलाई आपतकालिन योजनामा जुट्नका लागि निर्देशन गरेको छ।

त्यस्तै थप पाँच लाख परिक्षण किटहरु झिकाइने र अनावश्यक परिक्षणमा खर्च नगर्न पनि सम्बन्धित अधिकारीहरुलाई कडा निर्देशन दिइएको छ।

अमेरिकामा देशभरिका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएका छन्। अर्काे सूचना नभएसम्मका लागि विद्यार्थीले लिएको ऋणको ब्याज पनि सरकारले मिनाहा गरिदिएको छ।
यसअघि अमेरिकाकाले युरोपका २६ मुलुकबाट अमेरिका प्रवेश निषेध गरेको थियो।

एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय