मुस्कुराउँदै अस्पतालबाट निस्किए प्रधानमन्त्री

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।
१२ दिनपछि उनी अस्पतालबाट निवास फर्किएका हुन्।
भान्जी नाता पर्ने समीक्षा ज्ञवालीको मिर्गाैला प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको थियो।
समीक्षा भने केही दिनअघि नै डिस्चार्ज भएकी थिइन्।
डा.सुभाष आचार्य र पत्नी राधिका शाक्यको साहारमा उनी मुस्कुराउँदै गाडी चढेका थिए।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गाका अनुसार प्रधानमन्त्री स्वास्थ्य निगरानी निवासमै हुनेछ।