कोरोनाले थलिँदै पर्यटन व्यवसाय, ४८ दिनका लागि सगरमाथा आरोहणमा रोक

सरकारले सगरमाथा आरोहणमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी बनेपछि देशमा भाइरस भित्रिन नदिने तयारीअन्तर्गत सगरमाथा आरोहणमा ४८ दिनका लागि रोक लगाएको हो ।

सरकारले शनिबार (१४ मार्च) देखि लागू हुने गरी ३० अप्रिलसम्मका लागि सगरमाथा आरोहणका सबै परमिट रद्द गरेको अध्यागमन विभागले जनाएको छ । यससँगै अबका ४८ दिन विश्वको सर्वोच्च शिखरको आरोहण हुनेछैन ।

नेपालले पर्वतारोहणबाट प्रतिवर्ष करिब ४ मिलियन अमेरिकी डलर (करिब साढे ४७ करोड रूपैयाँ) आर्जन गर्दै आएको छ । सोझो हिसाबले पनि बन्द अवधिमा नेपाललाई करिब साढे ६ करोड नोक्सान हुने देखिन्छ ।

नेपालका दुवै छिमेकी मुलुकसहित विश्वका करिब ११० भन्दा बढी देशमा कोरोनाको महामारी फैलिँदा नेपालको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बनेको छ । त्यसो त समग्र विश्वकै आर्थतन्त्र यतिवेला कोरोनाले थलिएको अवस्था छ । कोरोनाकै कारण ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगन गर्नुपरेको थियो । भ्रमण वर्ष सुरु भएदेखि नै चीनबाट फैलिएको कारोना भइरसले विश्वव्यापी महामारीको रूप लिएपछि विश्वभर पर्यटनका लागि आवत–जावत बन्द भएको छ ।

पर्यटनसँगै उद्योग, व्यापार, वैदेशिक व्यापारलगायत आर्थिक क्रियाकलापहरू प्रभावित भएका छन् । यसले विश्वभर बेरोजगारी निम्त्याउनुका साथै विश्व अर्थतन्त्रभाथि ठूलो दबाब सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय