स्थलमार्गबाट विदेशीलाई नेपाल प्रवेशमा रोक
अध्यागमन विभागले ‘अन अराइभल भिसा’ आगामी अप्रिल ३०सम्मका लागि स्थगित गरेको जनाएको छ।
एक सूचना जारी गर्दै विभागले कुनै जरुरी काम नेपालमा गर्नुपर्ने विदेशी नागरिकलाई नेपाल आइपुग्नुभन्दा ७ दिन अघिसम्मको (स्वाव परिक्षण) सहित भिसाका लागि निवेदन दिनुपर्ने जनाएको छ।
त्यस्तै पढ्नका लागि वा जागिरका लागि विदेशमा बसेका नेपाली नागरिकलाई नेपाल फर्किएपछि अनिवार्य १४ दिन आफैं क्वारेन्टाइनमा बस्न पनि सूचनामा भनिएको छ।
विभागले कुनै पनि विदेशी नागरिकलाई स्थल नाकाबाट नभइ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट मात्रै आउन भनेको छ। स्थल नाकाहरुबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ।
त्यस्तै यो सिजनमा हुने सबैखालका हिमाल आरोहणमा पनि रोक लगाइएको छ।
यसअघि सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति स्थगित गर्ने निर्णय गरिसकेको छ।
यसअघि बिहीबार बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अनअराइभल भिसा रोक्नेलगायत विभिन्न १९ वटा निर्णय गरेको थियो।