बुटवलमा एकजनालाई कोरोनाको आशंका, आइसोलेसनमा भर्ना

कोरोना संक्रमणको आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले एकजनालाई आइसोलेसनमा भर्ना गरेको छ।

स्वास्थ्य चेकजाँचका लागि अस्पताल आएका उनलाई मिल्दोजुल्दो लक्षण पाइएपछि आइसोलेसनमा राखिएको हो।

अस्पताल स्रोतका अनुसार संक्रमण भए नभएको पुष्टि गर्न नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउन लागिएको छ।

भर्ना भएका बिरामी बुटवलकै स्थानीय हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय