स्टार अस्पताल १४औं वर्षमा, एकसातासम्म उपचारमा ५० प्रतिशत छुट

स्टार अस्पतालले अबको एक साता अस्पतालाका सम्पूर्ण सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ। स्टार अस्पताल सानेपामा छ।

आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा अस्पतालबाट उपलब्ध सम्पूर्ण चिकित्सकीय सेवाहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. शैल रुपाखेतीले बताए।

‘चिकित्सकको सिफारिस अनुसार गरिने सम्पूर्ण परीक्षण, भर्ना शुल्क तथा अपरेशन लगायतका सेवाहरुमा ५० प्रतिशत छुट प्रदान गरिने छ’, डा. रुपाखेतीले भने, ‘चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिमा १० छुट प्रदान गरिनेछ।’

अस्पताललले खासगरी जनरल फिजिसियन, मधुमेह, थाईराइड तथा हर्मोन रोग, जनरल तथा ल्याप्रोपिक सर्जरी, स्त्री तथा प्रसुती रोग, न्युरो फिजिसियन तथा सर्जरी र हाडर्जोनी तथा रोगसम्बन्धी सेवा उपलब्ध गर्दै आएको छ ।

केही समयपछि अस्पतालले ग्याष्ट्रोलोजी तथा पेटरोग,  स्त्री तथा प्रसुती सेवालाई छुट्टै सेन्टरको रुपमा स्थापना गर्ने पनि जनाएको छ।

 

८ महिनादेखि नयाँ कार्यसमितले अस्पतालको नेतृत्व गरिरहेको र अबको १ वर्षभित्रमा अस्पतालबाट स्वास्थ्यका सम्पूर्ण सेवालाई अझै विस्तार गरिने अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनले बताए।

‘हामीले हिँड्दै, बामे सर्दै १४ वर्ष पार गरेका छौं’, महर्जनले भने, ‘अब उड्ने बेला आएको छ । जसको लागि सम्पूर्ण अस्पतालका टिमको आवश्यकता रहेको छ।’

केही महिनाअघि थप लगानीसहित नयाँ सेयर सदस्य थपिएपछि अस्पतालले अधिकांश विधामा फुलटाइम चिकित्सकसहित सेवाको दायरा बढाउँदै लगेको छ । १०० बेडरहेको अस्पतालसहित विभिन्न स्वास्थ्य विधा पढाई हुने कलेजसमेत सञ्चालनमा रहेको स्टार ग्रुप अन्तर्गत १८ पूर्णकालीन चिकित्सकसहित ४ सयको हाराहारीमा कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय