प्रधानमन्त्रीको स्वास्थ्य ‘राम्रो’, भोलि डिस्चार्ज गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि डिस्चार्ज गर्ने तयारी गरिएको छ।

अस्पताल स्रोतका अनुसार सबै चेकजाँचका रिपोर्टहरु सामान्य रहेको र प्रत्यारोपित मिर्गाैलाले पनि राम्रो काम गरिरहेको चिकित्सकले बताएका छन्।

स्वास्थ्य जाँचका केही रिपोर्टहरु भने भोलि आउनेछ। यसअघि प्रधानमन्त्रीलाई ‘क्याथेटर’ राखिएको ठाउँमा केही संक्रमण देखिएको थियो।

उक्त संक्रमणलाई चिकित्सकहरुले भने एकदमै ‘माइनर’(सामान्य) संक्रमण भनेका छन्। चिकित्सकहरुका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था निकै राम्रो भइसकेको छ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो भइसकेको छ, अब बाँकी चेकजाँचको रिपोर्टहरु सबै आएपछि भोलि डिस्चार्ज गरिनेछ’ उपचारमा संलग्न एक चिकित्सकले भने ‘केही माइनर संक्रमण थियो। ठीक भइसकेको छ।’

डिस्चार्ज भइसकेपछि पनि चिकित्सकहरुले निवासमै प्रधानमन्त्रीको स्वास्थ्य निगरानी तथा थप उपचार गर्नेछन्।

अघिल्लो साताको बुधबार प्रधानमन्त्रीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो। उनलाई मिर्गाैला दिने समीक्षा संग्रौला भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय