चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भन्यो– कोरोना नियन्त्रणमा आइसक्यो

चीनले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव घटेको जनाएको छ। बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरस नियन्त्रणमा आइसकेको जानकारी दिएको हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको भोलिपल्ट शुक्रबार चीनले आफ्नो देशमा कोरोना भाइरसको प्रभाव समाप्त भएको जनाएको हो।

केही समय अघि कोरोना भाइरसको उद्गम स्थाल वुहान पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हुपेइ र वुहानमा भाइरसको संक्रमण नियन्त्रणमा आइसकेको जानकारी दिएका थिए।

कोरोना भाइरसको संक्रमण चीनमा नियन्त्रणमा आइसकेको भए पनि चीन बाहिर भने यसको संक्रमण महामारीका रुपमा फैलिदै गएको छ।

चीनमा हालसम्म ८० हजार ७ सय ९६ संक्रमित, ३ हजार १ सय ६९ को मृत्यु र ६२ हजार ८ सय ९ जना उपचारपछि घर फर्किएका छन्।

भाइरसको संक्रमणबाट बिहीबारसम्म विश्वभर ४ हजार ६ सय २३ जनाको मृत्यु भइसकेको छ भने १ लाख २४ हजार ६ सय ९ जनामा संक्रमण भेटिएका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय