प्रधानमन्त्रीलाई मिर्गाैला दान गरेकी समीक्षा डिस्चार्ज भइन्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरेकी ३२ वर्षिया समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

उनको स्वास्थ्य अवस्था ठीक भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

गत बुधबार समीक्षाको एउटा मिर्गौला निकालेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको थियो।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पनि सुधार भइरहेको छ। डिस्चार्ज हुनुपुर्व संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट गरेकी थिइन्।

भेटका क्रममा उनले ओलीको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेकी थिइन्।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई शिक्षण अस्पतालको आइसीयुमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय