चीनबाट विश्वले सिक्नुपर्ने एउटा पाठ : कोरोना परीक्षण र उपचार निःशुल्क हुनुपर्छ

कोरोना भाइरस(कोभिड–१९)को उद्गमस्थल मानिने चीनपछि अहिले युरोपेली देश र खाडीमा यसको संक्रमण तीव्र भइरहेको छ।

चीनमा भने विस्तारै यसको संक्रमण कम भइरहेको छ र, संक्रमितहरु निको हुने क्रम बढेको छ।

चीनका राष्ट्रपति सी चीनफिङ भाइरसको उद्गम सहर उहानमा पुगेर भाइरस विरुद्धको लडाई ‘लगभग’ जितको नजिक पुगेको संकेत दिएका छन्।

यो लडाईंसँगै चीनले सारा विश्वलाई एउटा महत्वपूर्ण पाठ के छोडेको छ भने ‘आम नागरिकको स्वास्थ्य परीक्षणलाई सुलभ र पूर्ण रुपमा निशुल्क गर्न सरकारको पूर्वतयारी।’

चाइनिज हस्पिटल मेनेजमेन्टको एउटा जर्नलमा प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरसको सुरुवाती परीक्षणका लागि न्यूनतम ३७० यूआन (लगभग ६ हजार ३ सय ३४) रुपैंयाँ लाग्छ। चिनियाँ संक्रमितका लागि न्यूनतम ५ हजार ६ सय यूआनदेखि २३ हजार यूआनसम्म उपचार खर्च देखिएको थियो।

त्यसमा पनि अझैं कृत्रिम अक्सिन दिनुपर्ने बिरामीको खर्च अझ धेरै महंगो पर्न जान्छ। तर, चीनमा यो सबै उपचार खर्च सरकारले नै बेहोरेको थियो। जसका लागि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरणका लागि ११०.४८ बिलियन यूआन अनुदान दिएको थियो।

अमेरिकामा यो परीक्षण अझ धेरै महंगो छ। तर, सरकारले भाइरस संक्रमणको पहिलो चरणको परीक्षण निशुल्क गरेको छ। भाइरस संक्रमितको उपचारका लागि यहाँ कम्तीमा ३ हजार २ सय डलर (करिब ३ लाख ८१ हजार रुपैयाँ) लाग्छ।

अमेरिकाको स्वास्थ्य बिमा समूहले आफ्नो व्यक्तिगत बिमा कम्पनीहरुसँग परीक्षण शुल्कबारे जानकारी लिन आह्वान गरेको छ। अमेरिकाको रोग उपचार तथा उपचार केन्द्रले अहिले निशुल्क ल्याब परीक्षण गरिरहेको छ।

त्यस्तै दक्षिण कोरियामा सरकारले बिमा कम्पनीहरुले नै भाइरसको प्रारम्भीक परीक्षण गरिदिने घोषणा गरेका छन्।

दक्षिण कोरियामा सरकारले धेरै ठाउँमा परीक्षण केन्द्र स्थापना गरेको छ। यहाँ दैनिकजसो १५ हजार मानिसको परीक्षण भइरहेको छ।
जापानले बिरामीको कोरोना परीक्षण तथा उपचारको सम्पूर्ण रकम सरकारले नै तिरिदिने घोषणा गरेको छ।

बेलायतमा १८ हजारजनाले निःशुल्क परीक्षण गराइसकेका छन्। तीमध्ये ३ सय ७३ लाई पोजेटिभ देखियो।

‘यो प्रष्ट हो कि, एकदमै प्रारम्भीक लक्षण देखिएका निम्न आयस्तरका मानिसले परीक्षण नै गर्दैनन्’ कलेज अफ भेटेरियनरी तथा लाइफ साइन्सका प्रोफेसर डिर्क पफिफर भन्छन् ‘आम मानिसको यही बानीका कारण महामारी अझैं फैलिनसक्ने सम्भावना रहन्छ।’

साउथ चाइना मर्निङ पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय