मोटोपन कम गर्नुका साथै यस्ता छन् भेडेखुर्सानीका थुप्रै फाइदा

हेल्थपोस्ट
प्रकाशित
२०७६ फागुन २८ गते १०:२९

भेडेखुर्सानीलाई मान्छेले तरकारीको रुपमा प्रयोग गर्दै आइरहेका हुन्छन्। भेडेखुर्सानी निकै रुचाइने तरकारी मध्ये पर्छ। मान्छेले भेडेखुर्सानीको प्रयोग नुडल्स, मन्चुरियन, पास्तालगायतका खाजामा बढी गरिरहेका हुन्छन्।

के तपाइलाई थाहा छ? भेडेखुर्सानीको प्रयोगले मोटोपनको समस्या समाधान गर्न सहयोग गर्छ। भेडेखुर्सानीबाट भिटामिन सी, भिटामिन ए र भिटा क्यारोटीन भरपूर मात्रामा पाइन्छ। यसमा भएको पोषक तत्वले मान्छेको शरीरलाई स्वस्थ बनाउन सहयोग गर्छ। यस्ता छन् भेडेखुर्सानीका अन्य फाइदा।

मोटो पनबाट टाढा राख्छ

भेडेखुर्सानीले तौल घटाउन सहयोग गर्छ। भेडेखुर्सानीमा क्यालोरीको मात्रा निकै कम हुन्छ। त्यसैले यसको सेवनले तौल बढ्ने सम्भावना निकै कम हुन्छ। भेडेखुर्सानीले मेटाबोलिज्मलाई बढाउँछ। जसले मोटोपन कम गर्छ।

इम्युनिटी बढाउँछ

भेडेखुर्सानीले शरीरमा इम्युनिटी सिस्टमलाई बढाउँछ। प्रतिरक्षा तन्त्रलाई मजबुद गर्नुका साथै भेडेखुर्सानीले दिमागलाई तेज बनाउन सहयोग गर्छ। यसको कारण हो भेडेखुर्सानीमा भिटामिन सी भरपुर मात्रामा पाइनु। यसका अलामा भेडेखुर्सानीले तनावलाई पनि कम गर्छ। भेडेखुर्सानी क्यान्सर जस्ता रोगसँग लड्ने प्रतिरोधक क्षेमता वृद्धिमा पनि सहयोग गर्छ।

हृदयको सुरक्षा

भेडेखुर्सानीले हृदयसँग जोडिएर हुने समस्याबाट बचाउँछ। भेडेखुर्सानीमा हुने फलेवनाइड्सले हृदय रोग र शरीरको प्रतिरक्षा क्षेमतामा वृद्धि गर्छ। फलेवनाइड्सले पुरै शरीरमा अक्सिजनको सप्लाई सुचारु रुपमा हुन सहयोग गर्न। जसले गर्दा हर्ट पंम्पिङ्मा कुनै समस्या पैदा हुँदैन। र, हाम्रो हृदय सुक्षाका लागि यसले महत्वपूर्ण भूमिका खेल्छ।

पोषक तत्वले भरपुर

भेडेखुर्सानीमा भरपुर मात्रामा पोषकतत्व हुन्छ। यसमा भिटामिन ए, भिटामिन सी, फलेवानाइड्स, अल्कालाइड्स र ट्यानिन्स पाइन्छ। भेडेखुर्सानीमा पाइने अल्कालाइड्सले एन्टी इन्फेलेमेटरी, एनलजेस्टिक र एन्टिअक्सिडेटका रुपमा काम गर्छ। यसमा शरीरलाई चाहिने आवश्यक पोषक तत्व भरपुर मात्रामा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय