बेलायतकी स्वास्थ्यमन्त्रीलाई भाइरस संक्रमण

हेल्थपोस्ट नेपाल

बेलायतकी स्वास्थ्यमन्त्री नदिन नारिन डोरिज्‌लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको छ।

बिबिसीका अनुसार कोरोना भाइरसको संक्रमण हुने उनी पहिलो सांसद हुन्। डोरिज् कन्जरभेटिभ पार्टीको सांसद हुन्।

बेलायतमा भाइसरको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जना मानिसलाई संक्रमण भएको छ।

आफूलाई भाइरसको संक्रमण भएपछि घरमै क्वारेन्टाइनमा बसिरहेको र स्वास्थ्यमा ध्यान दिइरहेको मन्त्रीले जनाएकी छिन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *