कोरोना कहर : नेपाल वायुसेवा निगमको काठमाडौं–दोहा उडान स्थगित

नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिवन्ध लगाएपछि निगमले हवाइ उडान स्थगित गरेको हो।

‘ती १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको हो,’ निगमले मंगलबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

२०७६ फागुन २६ गते र सोभन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले उल्लेख गरेको छ।

टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले प्रष्ट पारेको छ। नेपाल वायुसेवा निगमले दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय