सरकारले क्वारेन्टाइनमा राख्दैन, आफैं घरमा बस्नुस् : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्रबाट फर्किएका व्यक्तिहरु आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन्।

‘चीनबाट विद्यार्थी ल्याएर राखिएको जसरी सबैलाई त्यसरी राख्न सरकारले सक्दैन’ उनले भने ‘जो कोही पनि घरमै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। सबैलाई सरकारले त्यसरी क्वारेन्टाइनमा राख्दैन।’

मगंलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले यस्तो बताएका हुन्। उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड भित्र रहेर प्रभावित क्षेत्रबाट आएका व्यक्ति आफैं क्वारेन्टइनमा बस्नुपर्ने बताए।

‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिन्छ। कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं’ मन्त्री ढकालले भने, ‘ज्वरो आयो, रुघाखोकी भयो भने अस्पतालमा परीक्षण गर्ने व्यवस्था गर्नेछौ। परीक्षणमा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमा राखेर उपचार गर्नुपर्यो भने त्यसको जिम्मा सरकारले नै लिन्छ।’

कोरोनाले सोचेभन्दा ठूलो महामारीको रुप लिए खरिपाटीको रहेको विद्युत प्राविधिकरणको भवन तयारी अवस्थामा राखिएको उनले बताए।

राष्ट्रिय युवा संघले ‘कोरोना भाइरस संक्रमण हुन नदिन’ पूर्व तयारीका बारेमा मन्त्री ढकाललाई ध्यानकर्षण पत्र बुझाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय