कोरोना संक्रमण : हिमालय एयरलाइन्सकाे काठमाडौं-दोहा उडान स्थगित
नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-दोहा रुटका उडान सबै स्थगित गरेको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतार सरकारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएपछि हिमालय एयरलाइन्सले उडान स्थगन गरेको हो।
हिमालयले जारी गरेको विज्ञप्तिमा काठमाडौं–दोहा–काठमाडौं उडान सोमबारबाट स्थगित गरिएको जानकारी गराएको छ। अर्को सूचना प्रकाशित नभएसम्म उडान स्थगित भएको हो।
‘टिकट लिएका यात्रुहरूको सम्पूर्ण रकम फिर्ता वा अर्को उडानमा मिलाउन सकिने छ, त्यसमा अतिरिक्त शुल्क लाग्ने छैन,’ विज्ञप्तिमा छ।