चीनमा घट्दै ‘कोरोना’ संक्रमण, ७० प्रतिशत निको भए

कोरोना भाइरसबाट चीनमा संक्रमित ८० हजारमध्ये ७० प्रतिशतलाई डिस्चार्ज गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्वका अरु देशमा संक्रमण बढिरहेका बेलामा चीनमा भने भाइरसको संक्रमण ह्वात्तै घटेको छ।

‘चीन यो महामारीलाई नियन्त्रण गर्न सफल भएको छ’ विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्।

उनले कोरोनाको संक्रमण नियन्त्रण गर्नका लागि प्रारम्भिक कामहरु नै उत्तम उपाय भएको बताए।

‘एउटा कुनै देशले यसरी निरन्तर खोज, अनुसन्धान र नियन्त्रणका प्रयासले आफ्नो देशका नागरिकको रक्षामा मात्रै होइन, त्यसले अर्काे देशलाई पनि प्रभाव पारिरहेको हुन्छ’ प्रमुख टेड्रोसले भने।

हरेक देशले यसरी नै प्रभावकारी सहकार्य गर्दा महामारी नियन्त्रण र भाइरसलाई पराजित गर्न सकिने उनको भनाइ थियो।

यसैबीच चिनियाँ राष्ट्रपति सी चीनफिङ भाइरस प्रभावित उहान सहरमा पुगेका छन्। उनले त्यहाँ पुगेर कोरोना नियन्त्रणमा खटिएका सैनिक कमाण्डरहरु, स्वास्थ्यकर्मीहरु तथा बिरामीहरुलाई समेत भेटेका थिए।

कोरोना संक्रमितको उपचार गर्न बनाइएको उहानको एउटा अस्पताल पनि बन्द गरिएको छ। बिरामीको संख्या घटेपछि अस्पताल बन्द गरिएको चिनियाँ अधिकारीले जनाएका छन्।

‘भाइरसविरुद्धकाे याे लडाई जारी नै छ’  काेराेना संक्रमितकाे उपचारमा अस्पतालमा खटिएका स्वास्थ्यकर्मी तथा सैन्य टाेलीलाई सम्बाेधन गर्दै सीले भनेका छन् ‘तर हामी जितकाे नजिकै छाैं।’

मंगलबार एक दिनमा उहानमा १७ जनामात्रै नयाँ संक्रमित थपिएका छन्। यो सुरुवातको संख्यामा निकै कम हो।

चीनमा ८० हजार ७ सय ५४ मानिस संक्रमित भएका छन् भने ३ हजार १ सय ३६ जना मानिसको मृत्यु भएको छ।

एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय