राप्ती स्वास्थ्य प्रतिष्ठानमा बैशाखभित्र आइसियु र सिटीस्क्यान

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आइसियु र सिटिस्क्यान मेसिन ल्याउने भएको छ। स्वास्थ्य प्रतिष्ठानले बैशाखभित्रै आइसियु सञ्चालनमा ल्याउन लागेको उपकुलपति प्रा.डा. संगिता भण्डारीले जानकारी दिइन्।

अमेरिकन नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा बैशाखभित्रै आइसियु सन्चालनमा ल्याउन लागेको हो।

आइसियुका लागि सरकारले पठाएको बजेट यसअघि फिर्ता भएको थियो।

आइसियु नहुँदा यहाँ आइसियुमा राखेर हुने विशेष प्रकारका अप्रेसनहरु हुन सकेका छैनन्।

अव आइसियु आएमा सबैखाले जटिल अप्रेसन दाङ्कै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुनेछ । यसैगरेर सिटिस्क्यान मेसिन पनि ल्याउने तयारी भइरहेको छ । सिटिस्क्यान मेसिन पनि ल्याउन टेण्डरसहितको प्रकृया सुरु भइसकेको प्रतिष्ठानकि उपकुलपति भण्डारीले जानकारी दिइन्।

९ करोड बजेटमा सिटिस्क्यान मेसिन आउन लागेको र त्यो सिटिस्क्यान मेसिन सबैभन्दा राम्रो हुने उनले बताइन् । यसअघि राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा आइसियुको लागि आएको १३ करोड १९ लाख रुपैयाँ फिर्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय